मलद्वारबाट ब्राउन सुगर बरामद, दुई जना पक्राउ

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार ०६:५२
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ

इनरुवा । सुनसरीको इनरुवामा प्रहरीले मलद्वारमा लुकाएर ल्याइएको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जनालाई पक्राउ गरेको छ ।

इनरुवा नगरपालिका–४ स्थित बसचोकमा सोमबार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा धरान उपमहानगरपालिका–५ का २६ वर्षीय विशाल आछामी र ३८ वर्षीय वीरु लिम्बूलाई नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी चौकी बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर शरीर खानतलासी गरेको थियो । त्यस क्रममा विशाल आछामीको मलद्वारबाट ४ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेको छ । घटनाको थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

तपाइको प्रतिक्रिया
झापामा हवाई फायर गरेर दुई जना पक्राउ
तार चोरीको लाञ्छनादेखि हत्यासम्म, घरमै बोलाएर लिइयो व्यापारीको ज्यान
सीमा अभिलेखमा नभएका भारतीय गाडी विराटनगरमा फेला, तीन पटकसम्म भन्सार अनुमति पाएको खुलासा
चोरी आरोपको बदला लिन हत्या, शव बोरामा हालेर खोलामा फालियो
विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, असोजमा १००.२६ प्रतिशत संकलन
मौसमी जोखिम: उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह
तिहार र छठ नजिकिँदै, माटो र बाँसका सामग्रीको व्यापार बढ्यो
चक्रवातको असर नेपालमा फैलिँदै, तीन प्रदेशका हिमाली क्षेत्रमा उच्च जोखिम
सम्भावित मौसमी जोखिमबाट बच्न सतर्क रहन धनकुटा प्रशासनको आग्रह
झापाका विकास आयोजनाबारे सांसदको चासो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×