दाउ प्रहारबाट श्रीमती घाइते, श्रीमान् पक्राउ

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १९:०३
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ

धनकुटा । धनकुटामा धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीलाई घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका–६ पाङसिङका ४९ वर्षीय डम्बरबहादुर कार्कीले मादक पदार्थ सेवन (मापसे) गरी घरायसी विवादका क्रममा ४५ वर्षीया श्रीमती तारा बस्नेत (कार्की) माथि सोमबार दिउँसो दाउ प्रहार गरेको प्रहरीले जनाएको छ । दाउ प्रहारबाट ताराको बायाँ हातको कान्छी औँला काटिनुका साथै टाउको र घाँटीको पछाडिको भागमा चोट लागेको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले खोजतलासका क्रममा दिउँसो २ः४५ बजेतिर धनकुटा नगरपालिका–६ गोलाईबाट डम्बरबहादुरलाई पक्राउ गरेको हो । जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपछि घाइते तारालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका डम्बरबहादुरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×