
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध आक्रामक सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको चितवनले १० ओभरमा १ विकेटको क्षतिमा ६७ रन बनाएको छ।
चितवनका ओपनर डेभिड मलानले ४० बलमा ४९ रन बनाएका छन् । उनले चार चौका र तीन छक्का प्रहार गरेका छन् । अर्का ओपनर देव खनाल १५ बलमा १२ रन बनाएर आउट भएका छन् । उनी चरिथ असलंकाको बलमा आउट भएका थिए । देव आउट भएपछि अर्जुन साउद खेल्दै छन् ।
विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

























