एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार १६:२५

काठमाडौं । नेकपा (एमाले) का तीन मनोनीत केन्द्रीय कमिटी सदस्यले शपथ ग्रहण गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण गर्नेमा मोहम्मद इस्तियाक राई, डा. पुष्पा के.सी. भण्डारी र इन्दु कडरिया विष्ट रहेका छन् ।

यसअघि शपथ ग्रहण गर्न बाँकी रहेका उनीहरूले शपथ लिएसँगै एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण प्रक्रिया अघि बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×