सुनसरीमा गाँजा र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार ०७:१०
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ

इनरुवा । सुनसरीमा प्रहरीले गाँजा र प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ । देवानगन्ज गाउँपालिकाबाट गाँजा तथा कोशी गाउँपालिकाबाट ट्रामाडोल र नाइट्राजेपाम औषधिसहित उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मंगलबार साँझ देवानगन्ज गाउँपालिका–२ स्थित देवानगन्ज–घुस्की भित्री सडकखण्डमा चेकजाँचका क्रममा १३ किलो ५२० ग्राम गाँजा बरामद गरिएको हो । देवानगन्जबाट घुस्कीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प १७४३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा लुकाइछिपाइ ल्याइएको अवस्थामा गाँजा बरामद भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

प्रहरीले मोटरसाइकल चालक हरिनगर गाउँपालिका–६ का २६ वर्षीय लुकमान अन्सारी र पछाडि सवार भारतको पूर्णिया जिल्ला राजदमपुर पञ्चायत–९ का २८ वर्षीय एमली मझाललाई पक्राउ गरेको छ । उनीहरूलाई गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको डीएसपी खड्काले बताए ।

यसैगरी, मंगलबार साँझ कोशी गाउँपालिका–१ लौकहीस्थित पूर्व–पश्चिम राजमार्गमा लागुऔषधजन्य औषधिसहित दुई जना पक्राउ परेका छन् । पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का २६ वर्षीय लालबहादुर श्रेष्ठ र सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का २४ वर्षीय निर्मल श्रेष्ठलाई शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट ट्रामाडोल १ हजार २६० क्याप्सुल र नाइट्राजेपामका ४० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।

दुवै घटनामा पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
बलात्कार घटनाको ४० वर्षपछि दोषी ठहर
निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र
‘अर्णव’ चक्रवातको प्रभावले श्रीलङ्कामा विद्यालय बन्द
भोजपुरमा धान थन्क्याउन कामदारको अभाव
स्वदेशी सयपत्रीको बजार सुनिश्चित गर्न झापाका किसानको माग
बोल्सोनारो परिवारमाथि कसिँदै कानुनी घेरा, विदेश यात्राले बढायो विवाद
मोरङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु
इजरायली चुनावमा सत्ताको समीकरण अनिश्चित, नेतान्याहु र आइसेनकोटको समूह बराबरीको अवस्थामा
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ
सुनसरीमा गाँजा र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४२ रुपैयाँ ४९ पैसा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×