कांग्रेसका २० पदाधिकारीको वरीयता टुंगियो

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार २०:०१

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित २० पदाधिकारीको वरीयता निर्धारण गरिएको छ। पार्टी सभापति गगन थापा पहिलो वरीयतामा रहँदा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिला उपसभापति पुष्पा भुसाल तेस्रो वरीयतामा परेका छन् ।

बिहीबार महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहणपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीहरूको वरीयता तय गरेको हो ।

निर्धारित वरीयताअनुसार खुलातर्फबाट उपसभापतिमा निर्वाचित डा. चन्द्रकान्त भण्डारी चौथो र मधु आचार्य पाँचौँ स्थानमा छन् । समावेशीतर्फबाट उपसभापतिमा निर्वाचित विनोद चौधरी छैटौँ वरीयतामा छन् ।

त्यस्तै, महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, डा. डिला संग्रौला पन्त आठौँ र उदय शमशेर राणा नवौँ वरीयतामा छन् । पौडेल र राणा खुलातर्फबाट तथा डा. संग्रौला महिलातर्फबाट महामन्त्री निर्वाचित भएका हुन् ।

११ सहमहामन्त्रीमध्ये बहादुर सिंह लामा १० औँ वरीयतामा छन् । जनजातितर्फबाट सहमहामन्त्री निर्वाचित लामा पदाधिकारीको समग्र वरीयतामा महामन्त्रीहरूपछिको स्थानमा परेका हुन् ।

निर्धारित वरीयताअनुसार सहमहामन्त्री योगेन्द्र चौधरी ११ औँ, प्रकाश स्नेही रसाइली १२ औँ, जीवन शाही १३ औँ, अजय चौरासिया १४ औँ, आलेंगु शेर्पा १५ औँ, रामहरि खतिवडा १६ औँ, प्रतिमा गौतम १७ औँ, अजयबाबु सिवाकोटी १८ औँ, मनोज आचार्य १९ औँ र डा. फिरदोश आलम २० औँ वरीयतामा रहेका छन् ।

यससँगै कांग्रेसको नयाँ नेतृत्वमा सभापतिदेखि सहमहामन्त्रीसम्मका २० पदाधिकारीको वरीयता टुंगिएको छ।

तपाइको प्रतिक्रिया
एनपीएलः विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित
बीपी राजमार्गका होटेलमा अनुगमन 
विराटनगरको छापाखानामा आगलागी, नियन्त्रणको प्रयास जारी
कांग्रेसका २० पदाधिकारीको वरीयता टुंगियो
कांग्रेसलाई जनतासँग जोड्ने गगनको योजना, मंसिरभर देशव्यापी अभियान
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन
घुस प्रकरणमा आफ्नो संलग्नता नरहेको प्रधान न्यायाधीश शर्माको स्पष्टीकरण
झापामा भूमि समस्या समाधान तीव्र, डेढ महिनामा ३३ परिवारले पाए लालपुर्जा
डा. गोविन्द केसीले सुरु गरे इलाममा अनशन
इनमको मोबाइलले खोल्दै छ शक्तिकेन्द्रसँगको सम्बन्ध, अनुसन्धानमा प्रहरीको छुट्टै टोली
न्यायाधीश र मुद्दाका पक्षसँगको भेटबारे छानबिन गर्न बारको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×