
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–३ सुरुंगा पुलमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
सुरुंगाबाट बिर्तामोडतर्फ जाँदै गरेको बा–प्र–०३–००१ ख ५५५० नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा कनकाई नगरपालिका–१ का ६० वर्षीय गजेन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक र चालक धादिङको थाक्रे गाउँपालिका–८ का ३९ वर्षीय लक्ष्मण थापालाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने दुर्घटनाको प्रारम्भिक कारण तीव्र गति रहेको खुलेको प्रहरीले जनाएको छ।



















