
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहदेखि मन्त्री तथा अन्य सार्वजनिक पदधारीसम्मको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। उनले सम्पत्ति छानबिनको सुरुवात आफ्नैबाट गर्न चुनौती दिँदै स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने बताएका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत सम्पत्ति छानबिन प्रक्रिया अघि बढाउन आग्रह गर्दै प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङको समेत सम्पत्ति छानबिन हुनुपर्ने बताएका हुन्।
‘सम्पत्ति छानबिन सुरु गरौँ । मेरैबाट सुरु गरियोस् । अनि बालेन जी र सुदन जीको गरियोस् । स्रोत बिनाको भेटिए जफत गरियोस्, ’ उनले लेखेका छन्।
उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने र अवैध रूपमा आर्जित सम्पत्ति भेटिए राज्यले जफत गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

























