स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि सञ्जय राईलाई

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २५, बुधबार १६:००

सुनसरी । वराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय राईले जितेका छन् । वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीनटोलिया पोखरीमा मंगलबार भएको प्रतियोगितामा १०१ प्रतिस्पर्धीलाई पछि पार्दै राई प्रथम भएका हुन् ।

३५ अंक प्राप्त गरेका उनले नगद २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा मधुवनका भरत भुजेल ३३ अंकसहित दोस्रो भए । उनले नगद १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी चतराका मोहन भुजेल ३२ अंकसहित तेस्रो भए । उनले नगद १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए ।

विजेतालाई कोशी प्रदेशका पूर्वाधार विकास राज्यमन्त्री सपना परियार, वराहक्षेत्र नगरपालिका–११ का वडाध्यक्ष कृष्णकुमार महतो, वडा नं. ८ का अध्यक्ष रोशन खड्का र प्रतियोगिताका प्रायोजक मुनबिम एकेडेमीका प्राचार्य देवेन्द्र विष्टलगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा राज्यमन्त्री परियारले कोशी नदी किनारमा वर्षौंदेखि अनौपचारिक रूपमा खेलिँदै आएको मनोरञ्जनात्मक खेललाई प्रतियोगिताका रूपमा आयोजना गरिएकामा खुसी व्यक्त गरिन् । उनले यस खेललाई संस्थागत रूपमा विकास गर्दै अघि बढाउन आयोजकलाई सुझाव दिइन् ।

लोपोन्मुख पानीचरा सीम तित्राको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चतरा हाइकिङका संस्थापक भीषण राईले जानकारी दिए ।

कोशी पन्छी समाजको सहकार्य र स्थानीय हाम्रो एकता क्लब मधुवनको सहआयोजनामा ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन र मौलिक खेलको प्रवर्द्धन’ नारासहित विगत चार वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा
विदेश र सहर छाडेर गाउँमै फस्टाएको कृषि उद्यम
इरानको ज्यान मार्ने धम्कीपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य बेसमा सरे
कोप–३१ मा पर्वतीय मुद्दा र जलवायु वित्तलाई प्राथमिकतामा राख्दै नेपाल
छठदेखि चैते पर्वसम्म : अब आउने चाडपर्वको रौनक
झापामा बजार विस्तार, आगलागी नियन्त्रणको पूर्वाधार उस्तै
टीका, माला र आशीर्वादसँगै यस वर्षको तिहार सम्पन्न (फोटोफिचर)
स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि सञ्जय राईलाई
युक्रेनलाई ७२ करोड डलर सैन्य सहायता दिने डेनमार्कको योजना
इन्धन महँगिएपछि युरोपेली वायुसेवा कम्पनीले उडान घटाउँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.