
काठमाडौं । ओमानमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मंगलबार पाकिस्तानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको टसमा नेपालले जित निकालेपछि पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
समूह चरणको अन्तिम खेल खेलिरहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । लगातार दुई खेलमा पराजित भएपछि नेपालको एसिया कप यात्रा समूह चरणमै टुङ्गिएको हो ।
नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले र दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग सात विकेटले पराजित भएको थियो ।

























