पाकिस्तानद्वारा नेपाललाई २७६ रनको लक्ष्य

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार १६:१०

काठमाडौं। ओमानमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई २७६ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७५ रन बनाएको हो ।

पाकिस्तानका अहमद हुसेनले सर्वाधिक ८९ रन बनाए । उनले ७३ बलमा सात चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कप्तान फरहान युसुफले ९५ बलमा ७४ रन जोडे । हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ र उस्मान खानले १९ रन बनाए ।

नेपालका बिपिन शर्माले तीन विकेट लिए । उनले १० ओभरमा ५८ रन खर्चिए । सुशील रावलले दुई तथा सचिन भट्ट र अभय यादवले एक–एक विकेट लिए ।

पाकिस्तानले दिएको लक्ष्य पछ्याउँदै नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.