शंकास्पद बिलबिजकसहित १३ हजार किलोभन्दा बढी जिंक एस बोकेको ट्रक नियन्त्रणमा

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार १९:३५

विराटनगर । मोरङको उर्लाबारीबाट शंकास्पद बिलबिजकसहित १३ हजार किलोभन्दा बढी जिंक एस बोकेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर मोरङको टोलीले विशेष सूचनाका आधारमा उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ना ६ ख १३४८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उर्लाबारीस्थित चाइनिज कम्पनी कोभेक–क्रेग– टुन्डी जेभी बाट १३ हजार ९० किलो जिंक एस लोड गरी सर्लाहीतर्फ जाँदै गरेको उक्त ट्रक चेकजाँच गर्दा बिलबिजकमा कैफियत भेटिएको थियो । बिलमा उल्लेखित सामानको मूल्यांकनमा १४ लाख रुपैयाँ बराबरको फरक देखिनुका साथै ढुवानीकर्ता र क्रेताको विवरणसमेत फरक–फरक पाइएको थियो।

बिलबिजकमा देखिएको अस्वाभाविक विवरणका आधारमा राजस्व छली भएको हुनसक्ने आशंकामा ट्रक र त्यसमा लोड गरिएको जिंक एस नियन्त्रणमा लिएर सशस्त्र प्रहरीको नं. ३ गण मोरङमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय दमकमा पत्राचार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.