मंसिर २ गतेदेखि ताप्लेजुङमा फङफङदेन झरना पर्यटन फुटबल प्रतियोगिता

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २६, बिहीबार १९:२०

ताप्लेजुङ । मंसिर २ गतेदेखि आयोजना हुने फङफङदेन झरना पर्यटन फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, आयोजक फङफङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवा र सल्लाहकार नुपु शेर्पाले बिहीबार खेल तालिका सार्वजनिक गरेका हुन् ।

आठ टोली सहभागी हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र अपर मेवा काठमाडौंबीच हुनेछ । मंसिर २ गते दिउँसो ३ बजेदेखि प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।

मंसिर ३ गते फेदाप गाउँपालिका, तेह्रथुम र सैनिक युथ क्लब, झापाबीच तथा खोक्लिङ सामाजिक युथ क्लब, मिक्वाखोला र कुम्मायक कुसायक गाउँपालिका, पाँचथरबीच प्रतिस्पर्धा हुनेछ । उक्त दिन बिहान १२ बजे र दिउँसो ३ बजे गरी दुई खेल हुनेछन् ।

पहिलो चरणको अन्तिम क्वार्टरफाइनल खेल ग्रीन भ्याली युथ क्लब, मेरिङदेन–नाल्बु र मरिक एफसी, धरानबीच हुनेछ। उक्त खेल मध्यान्ह १२ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सेमिफाइनल मंसिर ५ गते र फाइनल मंसिर ६ गते हुनेछ ।

विकास समितिका अध्यक्ष साँवाका अनुसार प्रतियोगिताको उपाधि विजेताले तीन लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले एक लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछन् । विधागत पुरस्कार तथा अतिथिलाई मायाको चिनोस्वरूप पनि स्थानीय अलैँची प्रदान गरिने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.