सरकारको सेयर लगानी ४ खर्ब १३ अर्ब पुग्यो

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १३:१३

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय संस्थामा नेपाल सरकारको सेयर लगानी करिब १४ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८२/८३ सम्ममा सातवटा अन्तर्राष्ट्रिय संस्थामा नेपालको कुल सेयर लगानी १३ अर्ब ९१ करोड ६ लाख ७१ हजार रुपैयाँ पुगेको हो ।

सरकारले अन्तर्राष्ट्रिय संस्थाहरू स्थापना हुँदा संस्थापक सेयरका रूपमा लगानी गर्दै आएको छ । साथै, सम्बन्धित संस्थाको निर्णय तथा नेपाल सरकारसँग भएका सम्झौताका आधारमा समय–समयमा थप लगानीसमेत गर्ने गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूमा एक अर्ब ६३ करोड ३१ लाख रुपैयाँ थप लगानी गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले पछिल्लो आर्थिक वर्षमा अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) मा ९१ करोड ३९ लाख ७२ हजार रुपैयाँ, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) मा ३२ करोड २२ लाख ६३ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय पुनर्निर्माण कोषमा ३९ करोड ६९ लाख ९ हजार रुपैयाँ थप लगानी गरेको छ ।

अन्तर्राष्ट्रिय संस्थाहरूमध्ये नेपालको सबैभन्दा बढी सेयर लगानी अन्तर्राष्ट्रिय मुद्राकोषमा रहेको छ । उक्त संस्थामा नेपालको ७ अर्ब ५० करोड १५ लाख रुपैयाँबराबरको सेयर लगानी छ । त्यस्तै, सार्क विकास कोषमा २ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ र एसियाली पूर्वाधार लगानी बैंकमा १ अर्ब ९२ करोड ६१ लाख रुपैयाँबराबरको सेयर लगानी रहेको छ ।

नेपाल सरकारको सार्वजनिक संस्थान, विभिन्न निकाय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा रहेको कुल सेयर लगानी चार खर्ब रुपैयाँ नाघेको छ ।

आर्थिक वर्ष २०८२/८३ सम्म सरकारले ११६ वटा संस्थानमा गरेको कुल सेयर लगानी ४ खर्ब १३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यसमध्ये संस्थापक सेयरमा ३ खर्ब ९० अर्ब १८ करोड रुपैयाँ, प्राथमिकताप्राप्त सेयरमा ९ अर्ब ७९ करोड रुपैयाँ र अन्तर्राष्ट्रिय संस्थाहरूमा १३ अर्ब ९१ करोड रुपैयाँ लगानी रहेको छ ।

कुल सेयर लगानीमा संस्थापक सेयरको हिस्सा ९४.३ प्रतिशत रहेको छ । त्यसैगरी, प्राथमिकताप्राप्त सेयरको हिस्सा २.४ प्रतिशत र अन्तर्राष्ट्रिय संस्थाहरूमा गरिएको सेयर लगानीको हिस्सा ३.४ प्रतिशत रहेको छ ।

यस तथ्यांकले नेपाल सरकारको सेयर लगानीको ठूलो हिस्सा स्वदेशी सार्वजनिक संस्थान तथा निकायमा रहेको देखाउँछ भने अन्तर्राष्ट्रिय संस्थाहरूमा समेत सरकारले उल्लेख्य पुँजी लगानी गर्दै आएको पुष्टि गर्छ ।

तपाइको प्रतिक्रिया
गहना लुटेर महिलाको हत्या गर्ने फरार अभियुक्त सीमाबाट पक्राउ
गहना लुटेर महिलाको हत्या गर्ने फरार अभियुक्त सीमाबाट पक्राउ
विराटनगरका १९ वटै वडामा जग्गा बाँडफाँटको बाटो खुल्यो, भू–सेवा पनि सुरु गरिँदै
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 
सुनसरीमा ब्राउन सुगर र गाँजासहित सात जना पक्राउ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमान्डुलाई १२६ रनको लक्ष्य
विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा कार्कीको अनिच्छा, प्रधानमन्त्री कार्यालयको पत्र नै अस्वीकार
पुल भत्किएपछि दोधारा चाँदनीको पर्यटन व्यवसाय सुनसान ठप्प
भीमफेदी दुर्घटना : क्षतिपूर्तिको प्रक्रिया अघि बढेको सरकारको दाबी
सरकारको सेयर लगानी ४ खर्ब १३ अर्ब पुग्यो
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्च अदालतमा थपिए चार नयाँ न्यायाधीश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.