गहना लुटेर महिलाको हत्या गर्ने फरार अभियुक्त सीमाबाट पक्राउ

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २७, शुक्रबार १५:३१

इलाम । इलाममा महिलाको हत्या गरी गहना लुटेर फरार भएका एक अभियुक्त पक्राउ परेका छन् । गत असोज २१ गते इलामको सोयाकस्थित बान्द्रे खोल्सीमा स्थानीय जितमती लिम्बूको हत्या गरी फरार रहेका त्रिभुवन भुजेल भारतसँगको सीमा क्षेत्र फाटकबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार इलामको इलाम नगरपालिका–११ का भुजेललाई भारतबाट नेपाल फर्कने क्रममा पक्राउ गरिएको हो । उनी यसअघि चोरीको अभियोगमा जिल्ला कारागार इलामबाट छुटेका थिए । कारागारबाट छुटेपछि भारतको मिरिक पुगेका उनी त्यहाँ पनि यस्तै प्रकृतिको घटनामा पक्राउ परेको प्रहरीको भनाइ छ ।

मिरिकमा पक्राउ परेपछि छुटेका भुजेल नेपाल फर्कने क्रममा प्रहरीको नियन्त्रणमा परेका हुन् । जितमतीको हत्या गरी गहना लुटेर फरार भएका उनलाई प्रहरीले खोजी गरिरहेको थियो । पक्राउ परेका भुजेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

तपाइको प्रतिक्रिया
सर्वोच्चमा चार जना नयाँ न्यायाधीश, प्रधान न्यायाधीश शर्माले गराए शपथ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको जित, अपराजित यात्रासहित प्लेअफमा
केराबारीमा महिलाको मृत्यु प्रकरण : श्रीमान अनुसन्धानको दायरामा, उपचारका लागि धरान पठाइयो
युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलन सुरु
सरकारले दियो सार्वजनिक बिदा
गहना लुटेर महिलाको हत्या गर्ने फरार अभियुक्त सीमाबाट पक्राउ
विराटनगरका १९ वटै वडामा जग्गा बाँडफाँटको बाटो खुल्यो, भू–सेवा पनि सुरु गरिँदै
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 
सुनसरीमा ब्राउन सुगर र गाँजासहित सात जना पक्राउ
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले दियो काठमान्डुलाई १२६ रनको लक्ष्य
विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा कार्कीको अनिच्छा, प्रधानमन्त्री कार्यालयको पत्र नै अस्वीकार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.