
काठमाडौं । नेपाली बजारमा तिहारपछि सुनको मूल्यमा भारी गिरावट आएको छ । यसअघि कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसपछि निर्धारण गरिएको थिएन ।
तिहार बिदापछि आज शुक्रबार सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ३२ हजार ९ सय ४० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि तोलामा १ सय ५५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य ३ हजार १ सय ७२ रुपैयाँ तोकिएको छ ।

























