
विराटनगर । सशस्त्र प्रहरी बलले मोरङका विभिन्न स्थानबाट ७ लाख ४९ हजार ५६५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी तथा मातहतका सीमा सुरक्षा गुल्म रानी, बीओपी दरैया, जहदा भुटाहा र रंगेलीबाट खटिएको टोलीले बिहीबार भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका सामान बरामद गरेको हो ।
बरामद सामानमा एक थान सिटी सफारी, एक थान स्कुटर, छ वटा साइकल, कस्मेटिक सामान, हरियो तरकारी, दुई वटा पाडा र एउटा खसी छन् ।
बरामद सामानको भन्सार मूल्य ७ लाख ४९ हजार ५६५ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । ती सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

























