सुतिरहेका वृद्ध दम्पतीमाथि इँटा प्रहार, गम्भीर घाइते

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार ११:०९

सर्लाही । हरिपुर्वा नगरपालिका-९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति इँटा प्रहार हुँदा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन् । आक्रमणकारीले दुवै जनाको टाउको र अनुहारमा इँटा प्रहार गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताए । उनका अनुसार आक्रमण कसले र किन गरेको हो भन्ने अनुसन्धानपछि मात्रै खुल्नेछ ।

किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्र यादवले जानकारी दिए । दम्पतीमाथि आक्रमण हुनुको कारण खुल्न नसकेको हरिपुर्वा नगरपालिका-८ का वडाध्यक्ष रमेश यादवले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.