राष्ट्रिय भेलाको तयारीका लागि एमाले स्थायी कमिटी बैठक बस्दै

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३०, सोमबार १४:५१

काठमाडों । नेकपा (एमाले) ले राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्थायी कमिटी बैठक बोलाएको छ । बैठक मंसिर १ गते मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।

मंसिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

एमालेका अनुसार राष्ट्रिय भेलालगत्तै मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला र ५ गते केन्द्रीय कमिटी बैठक बस्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.