अदालतका कारण कांग्रेस एकताबद्ध हुन नसकेको आरोप

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३०, सोमबार १४:५६

धनगढी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतले भूमिका खेलेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले अदालतले समयमै न्याय सम्पादन नगर्दा कांग्रेसभित्रको विवाद थप गहिरिएको र त्यसबाट अरू कसैलाई फाइदा पुग्ने अवस्था बनेको आरोप लगाए । ऐतिहासिक लोकतान्त्रिक विरासत बोकेको पार्टीको भविष्यसँग अदालतले खेलबाड गर्न खोजेको उनको भनाइ थियो ।

अदालतको निर्णय आएपछि मात्रै पार्टी एकताबद्ध भएर अघि बढ्न सक्ने बताउँदै महरले नेपाली कांग्रेसलाई विभाजित राख्ने कुनै पनि सुनियोजित षड्यन्त्रमा अदालत सहभागी हुन नहुने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.