भारतीय राजदूत दलेलाले गरे परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३०, सोमबार १६:२१

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीधर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने उपायबारे पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.