इलाममा मेडिकल कलेज स्थापनाको तयारी

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार १२:०७

इलाम । इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया अघि बढेको छ । मेडिकल कलेजका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न इलाम नगरपालिकाले काम थालेको हो ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाका अनुसार मेडिकल कलेज स्थापनाका लागि वडा नम्बर ९ र १२ मा जग्गा व्यवस्थापनको काम भइरहेको छ । कलेज सञ्चालनका लागि करिब एक हजार रोपनी जमिन आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापनमा नगरपालिका जुटेको उनले बताए ।

केही वर्षअघि पनि इलाममा मेडिकल कलेज स्थापना गर्ने विषय उठेको थियो । त्यतिबेला केही रोपनी जग्गा नगरपालिकाको स्वामित्वमा आइसकेको र बाँकी जग्गा मुआब्जा दिएर व्यवस्थापन गर्ने तयारी गरिएको प्रमुख थापाले बताए ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै डा. गोविन्द केसीले राख्दै आएको मागमध्ये इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्ने विषय पनि एक हो । इलामसहित पाँचथर, ताप्लेजुङ, झापा र तेह्रथुमलाई समेट्ने गरी इलाममा मेडिकल कलेज स्थापना गर्नुपर्ने उनको माग थियो ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र नेतृत्वका सरकारले पनि यस विषयमा सकारात्मक चासो देखाएका थिए। तर, लामो समयसम्म काम अघि नबढेपछि डा. केसीले इलाममै २५औँ पटक सत्याग्रह सुरु गरेका थिए । सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।

अनशन अन्त्य गराउन गत कात्तिक २१ गते सरकार र डा. केसीबीच सहमति भएको थियो । सरकारका तर्फबाट शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले इलाम, डडेलधुरा र उदयपुरमा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बजेट विनियोजन गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि नगरपालिकाले जग्गा व्यवस्थापनलगायतका कामलाई थप तीव्रता दिएको इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा प्रवक्ता नुतनदेव दुलालले बताए । उनका अनुसार हाल इलाम अस्पतालको जग्गा र त्यहाँ उपलब्ध पूर्वाधारलाई समेत समेटेर मेडिकल कलेज स्थापनाको काम अघि बढाइएको छ ।

मेडिकल कलेज स्थापनाका लागि इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठको नेतृत्वमा समिति गठन गरेर काम भइरहेको दुलालले जानकारी दिए । इलाममै सरकारी मेडिकल कलेज स्थापना भए विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गर्न सहज हुने र विदेशमा पढ्न जाँदा लाग्ने खर्चसमेत बचत हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’
हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल
दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु
मेची–महाकाली पदयात्रामा रहेका सांसद अमरेश सिंहलाई विराटनगरमा कालो झन्डा
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला
उद्योगमैत्री बैंकिङ प्रणाली बनाउन राष्ट्र बैंकलाई भीम घिमिरेका १० बुँदे सुझाव
उदयपुरका इन्स्पेक्टर अस्वीन तोलांगे सर्वोत्कृष्ट प्रहरी घोषित
नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.