
विराटनगर । मोरङको लेटाङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ। घटनापछि फरार रहेका लेटाङ नगरपालिका–६ का विकास भन्ने भुवानीप्रसाद लम्साललाई प्रहरीले घरबाटै पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जनाएको छ ।
प्रहरीका अनुसार गत कात्तिक २८ गते साँझ स्थानीय क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको आरोप छ। घटनासम्बन्धी जाहेरी मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा दर्ता भएको थियो। जाहेरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न व्यक्तिको पहिचान गरेको थियो।
अनुसन्धानका क्रममा मंसिर ५ गते लम्साललाई उनकै घरबाट पक्राउ गरिएको डीएसपी मिश्रले बताए । पक्राउ परेका लम्सालविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



















