पर्यटकले भरिँदै मुन्दुम पदमार्ग, चखेवाका होटेलमा चहलपहल

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार ०६:५९

भोजपुर । पूर्वी पहाडको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र किराँत संस्कृतिको मौलिकता एकै ठाउँमा अनुभव गर्न पाइने मुन्दुम पदमार्गमा पर्यटकको आकर्षण बढ्दै गएको छ। अनुकूल मौसमसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि पदमार्ग आसपासका होटेल तथा पर्यटन व्यवसायमा समेत चहलपहल बढेको छ।

स्थानीय होटेल व्यवसायी नवराज काङमाङका अनुसार चखेवा क्षेत्रबाट दैनिक औसतमा १५० देखि २०० जनासम्म पर्यटक पदयात्रामा निस्कने गरेका छन् । यहाँका १६ वटा होटेलमा पर्यटकको चाप बढेको छ। पर्यटकको आगमनले होटेल व्यवसायसँगै स्थानीय कृषि उपज तथा घरेलु उत्पादनको बिक्रीसमेत बढाएको उनले बताए।

मुन्दुम पदमार्गमा विशेषगरी भदौदेखि मंसिर र चैतदेखि साउनसम्म पर्यटकको चहलपहल बढी हुने गरेको छ। पदयात्राका क्रममा तावाभञ्ज्याङ, चखेवा, टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी र सिलिचुङ चुचुरो पर्यटकका प्रमुख आकर्षण हुन्।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए। त्यसका लागि पदमार्ग संरक्षण, सरसफाइ, पूर्वाधार निर्माण र पर्यटकमैत्री सेवा विस्तारलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

पर्यटनलाई स्थानीय उत्पादन र रोजगारीसँग जोड्न सके नागरिकको आयआर्जन बढ्ने उनले बताए । पर्यटन विकासमार्फत होटेल व्यवसाय, स्थानीय परिकार, कृषि उपज र घरेलु उत्पादनको बजार विस्तार गर्न सकिने उनले उल्लेख गरे ।

प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको मुन्दुम पदमार्ग किरात सभ्यता र मुन्दुम परम्परासँग समेत जोडिएको छ। यहाँबाट पूर्वी पहाडका मनोरम डाँडाकाँडा, गुराँसका वन र विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटन पूर्वाधार र सेवाको प्रभावकारी व्यवस्थापन गर्न सके मुन्दुम पदमार्ग स्थानीय अर्थतन्त्र र रोजगारीको बलियो आधार बन्न सक्ने देखिन्छ।

तपाइको प्रतिक्रिया
पर्यटकले भरिँदै मुन्दुम पदमार्ग, चखेवाका होटेलमा चहलपहल
इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्ने निर्णयमा अदालतको रोक 
देशभर मौसम मुख्यतया सफा रहने, तीन प्रदेशमा राति आंशिक बदली
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
भीमफेदी दुर्घटना: ४८ घण्टामा चालकले चलाए गाडी ३३ घण्टा, शारीरिक थकान र बढी यात्रु प्रमुख कारण
कर्णाली रंगशाला कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण
कोशीमा सुरक्षित यात्रा अभियान सुरु, इमानदार चालक सम्मानित
झापाको चारआलीमा पेट्रोलियम भण्डारण केन्द्रको शिलान्यास
रश्मिकुमारी घिसिङको दोहोरो ह्याट्रिक, एपीएफको ७–० को सानदार जित
भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.