सुनकोशी-मरिन आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात बुझाउन निर्देशन

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार १०:५७

काठमाडौं । सार्वजनिक लेखा समितिले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकमा सभापति भरत खड्काले यस्तो निर्देशन दिएका हुन् । उनले आवश्यक कागजात प्राप्त भएपछि थप अनुसन्धान र छलफल अघि बढाइने बताए ।

टेन्डरका सबै प्रक्रिया पूरा भएर अन्तिम चरणमा पुगिसकेको अवस्थामा ठेक्का रद्द गरिएको भन्दै उजुरी परेपछि समितिले यस विषयमा छलफल अघि बढाएको हो ।

उजुरीमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया अन्तिम समयमा त्रुटिपूर्ण ढङ्गले रद्द गरिएको दाबी गरिएको छ । ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाउँदा राज्यलाई आर्थिक घाटा हुने जिकिर पनि उजुरीकर्ताले गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.