मनी वल्र्ड शेयर एक्सचेञ्जको कारोबार तीन दिनका लागि निलम्बन

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १३:३५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुतलीसडकस्थित मनी वल्र्ड शेयर एक्सचेञ्ज कम्पनीको कारोबार तीन कार्य दिनका लागि निलम्बन गरेको छ।

तोकिएको समयसीमाभित्र कारोबार रकमको राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो।

नेप्सेका अनुसार सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ९ मंसिर २०८३ को पत्रका आधारमा कम्पनीको कारोबार निलम्बन गरिएको हो।

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१) (छ) बमोजिम कम्पनीको कारोबार तीन कार्य दिनका लागि निलम्बन गरिएको नेप्सेले जनाएको छ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश सभा सचिवालय
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
बालेनको भारत भ्रमणबारे ओलीका  कटाक्ष : गार्ड अफ अनरदेखि ग्रेटर नेपालको नक्सासम्म
धरानमा महिला सुधार केन्द्रको भवन बनाइँदै
संविधान मिचेर स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न हुँदैन: प्रचण्ड
बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
पर्यटन विकासका कानुनी सुधारबारे ६ मन्त्रीबीच छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.