पर्यटन विकासका कानुनी सुधारबारे ६ मन्त्रीबीच छलफल

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १६:१५

काठमाडौं । पर्यटन क्षेत्रको विकास, साहसिक पर्यटन विस्तार तथा प्राकृतिक सम्पदाको दिगो उपयोगका लागि आवश्यक कानुनी र नीतिगत सुधारबारे सरकारका ६ मन्त्रीबीच छलफल भएको छ ।

बिहीबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री सोविता गौतमसहित सम्बन्धित मन्त्रालयका मन्त्री, प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विभिन्न निकायका पदाधिकारी सहभागी छलफल भएको हो ।

छलफलमा राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन तथा जग्गा उपयोगसँग सम्बन्धित विद्यमान कानुनी जटिलता, प्रक्रियागत दोहोरोपन र प्रशासनिक अवरोध हटाउने विषयमा कुराकानी भएको जनाइएको छ ।

प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै पर्यटन पूर्वाधार विकास, साहसिक पर्यटन विस्तार, लगानीमैत्री वातावरण निर्माण र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक कानुनी तथा नीतिगत सुधारका विषयमा छलफल केन्द्रित थियो ।

छलफलमा गृहमन्त्री सुदन गुरुङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह सहभागी थिए ।

प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाललगायत सम्बन्धित निकायका पदाधिकारी पनि छलफलमा सहभागी थिए । विद्यमान कानुनी व्यवस्थाबीचका असङ्गति र प्रक्रियागत अवरोध हटाउन अन्तरमन्त्रालय समन्वयमा आवश्यक कानुन संशोधनको तयारी अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश सभा सचिवालय
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
बालेनको भारत भ्रमणबारे ओलीका  कटाक्ष : गार्ड अफ अनरदेखि ग्रेटर नेपालको नक्सासम्म
धरानमा महिला सुधार केन्द्रको भवन बनाइँदै
संविधान मिचेर स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न हुँदैन: प्रचण्ड
बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
पर्यटन विकासका कानुनी सुधारबारे ६ मन्त्रीबीच छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.