अग्रज साहित्यकार तथा पत्रकार भोजबहादुर कार्कीको निधन

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १९:४९

इलाम । अग्रज साहित्यकार, पत्रकार तथा राजनीतिक व्यक्तित्व भोजबहादुर कार्कीको निधन भएको छ। इलाम नगरपालिका–७ का कार्कीको बुधबार निधन भएको उनका भतिजा विजय कार्कीले जानकारी दिए ।

वि. सं. १९९३ मा जन्मिएका कार्कीले एसएलसीसम्मको शिक्षा हासिल गरेका थिए । २०१५ सालदेखि राजनीतिक जीवनमा प्रवेश गरेका उनी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए । नेपाली कांग्रेसका सदस्यका रूपमा राजनीतिक परिवर्तनका लागि योगदान दिएका उनले प्रवास र जेलजीवनसमेत बिताएका थिए ।

राजनीति, समाजसेवा, साहित्य र पत्रकारितामा सक्रिय कार्कीले इलामको राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थिए । उनी ‘सौगात’ मासिकका सम्पादकका रूपमा पनि परिचित थिए ।

उनको योगदानको कदर गर्दै इलाम नगरपालिकाले २०७६ चैत २९ गतेको बैठकबाट सम्मान गर्ने निर्णय गरेको थियो । संविधान दिवस २०७६ को अवसरमा उनलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

पारिवारिक स्रोतका अनुसार कार्कीको बिहीबार बिहान ११ बजे माईखोलास्थित राजदुवाली घाटमा दाहसंस्कार गरिनेछ ।

तपाइको प्रतिक्रिया
अग्रज साहित्यकार तथा पत्रकार भोजबहादुर कार्कीको निधन
कार्कीलाई आईजी पदबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
खगेन्द्र सुनारविरुद्धको मुद्दामा प्रमाणबारे जानकारी गराउन आदेश
झापा–११ लाई हराउँदै एपीएफ दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा
विराटनगर जुट मिल्स पुनः सञ्चालन गर्न लगानीकर्ता खोजिँदै
आनी छोइङको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
महिला क्रिकेटमा कोशीको पहिलो जित, कर्णाली ४९ रनले पराजित
रतुवामाईमा दुई महिनापछि फेरिइन् प्रमुख प्रशासकीय अधिकृत
पत्रकारको विरोध प्रदर्शनप्रति एमाले सचिव बस्नेतको समर्थन
स्वास्थ्य बीमाको सेवा लिन भौतिक कार्ड अनिवार्य नहुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.