राष्ट्रसेवकको कारोबार साढे ४९ करोड बढी

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १६, आइतबार ११:३३

विराटनगर । विराटनगरको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ वर्षको अवधिमा ४९ करोड ६८ लाख ९३ हजार ६ सय ३६ रुपैयाँ ५० पैसाको कारोबार गरेको छ ।

सहकारीले चालु आर्थिक वर्षमा ५९ करोड २१ लाख ३७ हजार ६९ रुपैयाँ ४० पैसाको कारोबार गर्ने लक्ष्य राखेको छ । विराटनगरमा सहकारीको २६ औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल तथा सुझाव संकलन कार्यक्रम शनिबार गरिएको थियो ।

सहकारीका अध्यक्ष जीवन काफ्लेद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सहकारीको शेयर पुँजी ६ करोड ६९ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको छ । कूल सम्पतिको १३.९३ प्रतिशत सेयर पुँजी रहेको हो । सहकारीले शेयर बढाउने नीति लिएको अध्यक्ष काफ्लेले बताए ।

सहकारीको निक्षेप ३४ करोड ९४ लाख ६८ हजार ३ सय ७० रुपैयाँ ९४ पैसा रहेको छ भने ३३ करोड ४४ लाख ८१ हजार ५ सय १२ रुपैयाँ ऋण लगानी रहेको छ । सहकारीले ४ करोड ८२ लाख ४ हजार ५८६ रुपैयाँ ५६ पैसा आम्दानी गरेकोमा ४ करोड २४ लाख ३७ हजार १७३ रुपैयाँ ५० पैसा खर्च गरेको छ ।

सहकारीको निक्षेप कूल सम्पतिको ७२.७३ प्रतिशत छ । ऋण लगानी कुल सम्पतिको ६९.६१ प्रतिशत रहेको छ । सहकारीमा १ हजार ८ सय ४८ जना शेयर सदस्य रहेका छन् ।

तीमध्ये १ हजार ४० जना पुरुष र ७ सय ९७ जना महिला तथा ९ जना अन्य सदस्य रहेका हुन् । सहकारीले चालु आर्थिक वर्षमा १ सय ५० जना शेयर सदस्य थप्ने लक्ष्य लिएको छ ।

सहकारीको जगेडा कोषमा ४ करोड ८७ लाख ८९ हजार १८ रुपैयाँ ४२ पैसा रहेको विवरण प्रस्तुत गरिएको छ । जगेडा कोषको अंश कूल कोषको ३९.२६ प्रतिशत रहेको छ ।

निर्वाचनसहितको साधारणसभामा जुटेको राष्ट्रसेवक साकोसले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । भदौ २९ गते साधारणसभा हुने छ । सहकारीले ग्यासको कारोबार गर्दै आएको छ भने सहकारीलाई प्रविधिमैत्री बनाउन अनलाइन सफ्टवेयर र मोबाइल एप्लिकेशन/डिजिटल डिस्प्ले बोर्डको व्यवस्था छ ।

सहकारीले आफ्नै भवनमा आफ्नो काम गरिरहेको छ । भवनको तेस्रो तलासम्मको निर्माण कार्य सम्पन्न गरेको र भवनको डिजाइन अनुसार अन्तिम तथा चौथो तलाको निर्माणको लागि बोलपत्र आह्वान भएर निर्माण गर्ने प्रक्रियामा रहेको सहकारीका अध्यक्ष काफ्लेले बताए ।

कार्यक्रममा सहकारीका अगुवा सदस्यहरुको सहभागिता रहेको थियो । उनीहरुले सहकारीको नीति तथा कार्यक्रममाथि सुझाव दिँदै सहकारी संस्था सदस्य केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । सदस्यको वृद्धि विकासलगायत हरेक समस्यामा सहकारी साथमा हुनुपर्ने उनीहरुको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.