लगानीकर्तामा उत्साह, १२७ अंकले बढ्याे नेप्से

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १७, सोमबार १५:२५

काठमाडौं । लगानीकर्तामा उत्साह देखिदा सेयर बजार मापन परिसूचक नेप्से एकै दिन १२७ अंकले बढेको छ । आइतबार उच्च गिरावट भएको नेप्से सोमबार १२७ अंकले बढेकाे हाे ।

साेमबार नेप्से २८२३ पुगेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि बढेको छ । आइतबार १० अर्ब ५१ करोडको कारोबार भएको थियो । सोमबार १३ अर्ब १० करोडको कारोबार भएको छ ।

आज सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्दा बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ प्रतिशतले बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.