
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ लुहासुरमा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ ।
आर्थिक तथा वित्तीय समसामयिक विषय वस्तुहरूलाई समेटेर हिमालयन लघुवित्त वित्तीय संस्थाले मंगलबार साक्षरताको आयोजना गरेको हो । सक्षरतामा बैंकिङ्ग शब्दवालीहरू, लघुवित्तले प्रदान गर्ने सेवा, बैंक, बैंकका प्रकार, बचत, खाताका प्रकार र प्रयोग तथा महिला उद्यमशीलता विकास, कर्जा, कर्जा नतिर्दाको बेफाइदालगायतका विषय वस्तुसहितको १ दिने वित्तीय साक्षरता गरिएको लघुवित्तका अनुगमन अधिकृत निरज पौडेलले बताए ।
पौडेलकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लघुवित्तको हरैँचा शाखाका कर्मचारी र स्थानीयको उपस्थिति थियो ।



















