उर्लाबारीमा कान्छी आमाको खुकुरी प्रहारबाट बालिका घाइते

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २२, शनिबार १९:००

विराटनगर । मोरङको उर्लाबारीमा कान्छी आमाले खुकुरी प्रहार गर्दा बालिका घाइते भएकी छन् ।

प्रहरीका अनुसार उर्लाबारी–२ स्थित सत्रघरेमा ४० वर्षीया जशोदा लिम्बूले खुकुरीले टाउकोमा प्रहार गर्दा १५ वर्षीया विनिता लिम्बू घाइते भएकी हुन् । खुकुरी प्रहार गर्ने जशोदा विनिताकी कान्छी आमा हुन् ।

मादक पदार्थ सेवन (मापसे) गरेर जशोदाले खुकुरी प्रहार गर्दा घाइते भएकी विनितालाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा भर्ना गरिएको छ । घाइते बालिकाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न जशोदालाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.