झापामा दाइले गरे भाइको हत्या

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २८, शुक्रबार १५:०९

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ मा बिहीबार राति दाइले आफ्नै भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दाजु ४५ वर्षीय नारायण सिटौलाले भाइ ४१ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेका हुन् । रामप्रसाद आफ्नै घरको बलेसीमा लडिरहेको अवस्थामा राति ९ बजेतिर मृत फेला परेका थिए ।

टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ । घटना शंकास्पद देखिएपछि प्रहरीले मृतकका दाजु नारायणलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

उनले नै भाइको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.