ग्रेडेड स्कुलमा गायन प्रतियोगिता

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १, मंगलबार १४:४७

विराटनगर । विराटनगर–७ मा रहेको ग्रेडेड स्कुलले ‘ग्रेडेड गायन’ प्रतियोगिताको छनोट चरण सम्पन्न गरेको छ ।

गायन प्रतियोगिता कक्षा १ देखि ४ सम्म एउटा समूह र कक्षा ५ देखि १० सम्मको अर्को समूह बनाइएको थियो । कार्यक्रमको निर्णायको भूमिकामा वरिष्ठ गायक तथा संगीतकार विक्रम बस्नेत रहेका थिए ।

कक्षा १ देखि ४ सम्म प्रिस्कला राई, जेनिफर थापा, शान परियार, अक्षया बुढाथोकी, प्रतिष्ठा विष्ट, निरिति पोख्रेल, इभान्जेलिना मर्डी र शीतल ताजपुरिया गरी ८ जना फाइनल चरणका लागि छनोट भए ।

त्यसैगरी, कक्षा ५ देखि १० सम्ममा इशान अधिकारी, प्रश्रय विष्ट, सृष्टि सोरेन, सुहाना खड्का, निरञ्जन मिश्र, कृतिका यादव, इशानी सिंह, सिम्रन सुवेदी, जिया भगत, प्रशिष्का बराल, हर्षित पराजुली र आकृति चौधरी गरी १२ जना विद्यार्थी फाइनल चरणमा पुगेका छन् ।

ग्रेडेड गायन प्रतियोगिताको फाइनल चरण मंसिरमा हुने विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.