विराटनगरका मेयरलाई किन चाहियो पीएसओ ?

Share this
657shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८१ आश्विन १, मंगलबार १६:४६

विराटनगर । विराटनगर महानगरपालिकासँग इन्सपेक्टरको नेतृत्वमा आफ्नै नगरप्रहरी छन् । ५ महिलासहित नगरप्रहरीमा १ जना इन्सपेक्टर, १ सइ, १ असइ, ४ हवल्दार र १३ जना जवान गरेर २० जना कार्यरत रहेको महानगरले जनाएको छ ।

महानगरका मेयर र उपमेयरका लागि आवश्यकता अनुसार तिनै नगर प्रहरी खटाउने गरिएको छ । महानगरको सुरक्षाका लागि खटाइने नगरप्रहरीलाई मेयर र उपमेयरले व्यक्तिगत सुरक्षामा पनि प्रयोग गर्न सक्छन् ।

तर, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पहुँचका आधारमा नेपाल प्रहरीबाट पीएसओ (निजी सुरक्षाकर्मी) लिएर राज्यको स्रोत र जनशक्तिको चरम दुरुपयोग गरिरहेका छन् । उनले कानुन उल्लंघन गरेर मनपरी ढंगबाट आवश्यकताविपरीत हतियारसहितका पीएसओको सुविधा लिइरहेको पाइएको हो ।

तत्कालीन सुरक्षा प्रमुखहरुले मेयर कोइरालाको नजिक हुन र उनलाई रिझाउन पीएसओ दिएका थिए । अहिलेसम्म फिर्ता गरेका छैनन् । फेरि–फेरि पीएसओ प्रयोग गरिरहेका छन् ।

हुन त मेयरको उम्मेदवार हुँदै करिब अढाई वर्ष अघिदेखि कोइरालाले नियमविपरीत पीएसओ पाइरहेको देखिन्छ । तत्कालीन सुरक्षा प्रमुखहरुले कोइरालाको नजिक हुन र उनलाई रिझाउन पीएसओ दिएका थिए । अहिलेसम्म फिर्ता गरेका छैनन् । फेरि–फेरि पीएसओ प्रयोग गरिरहेका छन् ।

पछिल्लो अढाई वर्षमा मेयर कोइरालामाथि सार्वजनिक हिसाबमा कुनै ‘थ्रेट’ देखिएको छैन । न उनलाई कतैबाट धाकधम्की नै आएको छ । न त आफ्नै गृहनगरभित्र उनी असुरक्षित छन् ।

सुरक्षाकर्मीलाई मेयरको अंगरक्षकका रूपमा खटाउने कार्यविधि छैन । तर, व्यक्तिगत रूपमा ‘थ्रेट’ (सुरक्षा चुनौती) भएमा विश्लेषण गरेर जिल्ला सुरक्षा समितिले निर्णय गरी पीएसओ उपलब्ध गराउन सक्छ । मेयरलाई मात्रै हैन, कसैलाई पनि व्यक्तिगत रूपमा सुरक्षा ‘थ्रेट’ भएको निवेदन परेमा सरकारले सुरक्षाकर्मी खटाउने व्यवस्था छ ।

पछिल्लो अढाई वर्षमा मेयर कोइरालामाथि सार्वजनिक हिसाबमा कुनै ‘थ्रेट’ देखिएको छैन । न उनलाई कतैबाट धाकधम्की नै आएको छ । न त आफ्नै गृहनगरभित्र उनी असुरक्षित छन् । तर, सानका साथ उनले पीएसओ लिएर हिँड्दा अनावश्यक रूपमा राज्यको स्रोत र जनशक्ति खर्च भइरहेको सरोकारवाला बताउँछन् ।

उनलाई पीएसओ किन चाहियो भनेर सार्वजनिक हिसाबले प्रश्न उठिरहेको छ । तर, लिने र दिने कसैले पनि सुन्दैनन् । ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’भन्ने पारा छ । यता नेपाल प्रहरी भने जनशक्ति अभावको सामना गरिरहेको छ ।

नेपाली कांग्रेस मोरङको जिल्ला उपसभापतिकै हैसियतमा उनले पीएसओ पाएका थिए । जबकि कांग्रेसकै अरु ठूला नेताहरुले पीएसओ लिएका छैनन् ।

कोइरालाले २०७९ वैशाख २८ गतेदेखि पीएसओ लिन थालेका हुन् । त्यतिबेला उनी मेयरका उम्मेदवार थिए । स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न भएर विराटनगर महानगरको अन्तिम मतपरिणाम जेठ ७ गते सार्वजनिक भएको थियो ।

नेपाली कांग्रेस मोरङको जिल्ला उपसभापतिकै हैसियतमा उनले पीएसओ पाएका थिए । जबकि कांग्रेसकै अरु ठूला नेताहरुले पीएसओ लिएका छैनन् । ऐन उल्लंघन गरेर कोइरालाको पीएसओमा पहिलोपटक हवल्दार सरोज पोखरेललाई खटाइएको थियो ।

पोखरेल अहिले मेयर कोइरालाको पीएसओ छैनन् । उनका ठाउँमा करिब २ महिनाअघिदेखि वरिष्ठ हवल्दार तुफान राजवंशीलाई खटाइएको छ । राजवंशी जतिबेलै पनि हतियारसहित मेयरको अघि–पछि हिँड्न बाध्य छन् ।

विराटनगरका धनाड्य भनेर चिनिने उनलाई खुसी पार्नकै लागि सुरक्षा अधिकारीको तजबिजीमा पीएसओ दिएको देखिन्छ ।

मेयर कोइरालालाई अहिलेसम्म सुरक्षाका हिसाबले कुनै चुनौती नरहेको सुरक्षा विश्लेषण छ । तर, कानुनमा कतै उल्लेख नभए पनि व्यक्तिगत स्वार्थका हिसाबले नियमविपरीत निजी सुरक्षाकर्मी राखिरहेका छन् । उनले जानेर फिर्ता गर्ने त कुरै भएन । फिर्ताका लागि पहल पनि भइरहेको छैन ।

साथमा पीएसओ लिएर हिँड्दा हैसियत बढ्ने र विशेष सम्मान मिल्ने भएकाले देखाउनकै लागि कोइरालाले पीएसओको सुविधा लिइरहेको सुरक्षा अधिकारीहरु बताउँछन् । विराटनगरका धनाड्य भनेर चिनिने उनलाई खुसी पार्नकै लागि सुरक्षा अधिकारीको तजबिजीमा पीएसओ दिएको देखिन्छ ।

विराटनगरको मेयर राज्यमन्त्री सरहको पद हो । माग्नेवित्तिकै पीएसओ पाउँछन् । अरु ‘थ्रेट’ केही छैन ।

सुरक्षा खतरा देखिएको अवस्थामा पीएसओ उपलब्ध गराउनु जायज हो । तर, त्यसबाहेक व्यक्तिगत हिसाबले कसैलाई खुसी पार्नेगरी पीएसओ खटाउने गलत प्रवृति बढ्नु अर्को दुर्भाग्यपूर्ण कुरा छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई जिल्ला सुरक्षा समितिबाटै निर्णय गरेर पीएसओ उपलब्ध गराउने गरिएको बताउँछन् । ‘विराटनगरको मेयर राज्यमन्त्री सरहको पद हो । माग्नेवित्तिकै पीएसओ पाउँछन् । अरु ‘थ्रेट’ केही छैन,’ उनले भने । मेयर कोइराला कांग्रेसको जिल्ला उपसभापति भएकाले पार्टीका कार्यक्रममा विभिन्न ठाउँमा पुग्नुपर्ने हुँदा पीएसओ उपलब्ध गराउन आवश्यक ठानिएको प्रजिअ भट्टराईको भनाइ छ ।

म त बन्दुक नै राख्न खोज्दै छु : कोइराला

नियम कानुनको धज्जी उडाउँदै व्यक्तिगत हिसाबले नेपाल प्रहरीको दुरुपयोग गरिरहेका मेयर कोइराला पनि आफूले पीएसओ लिएको स्वीकार गर्छन् । ‘मैले चुनावअघि नै पीएसओ लिएको हो । डर हुँदैन त ? राजनीतिक कार्यक्रममा कताकता हिँडिन्छ,’ उनले भने, ‘रिसईबी राख्छन् । ज्यान रहे पो सेवा गर्नु । प्रशासनमा निवेदन दिएरै पीएसओ लिएको हुँ ।’

आफू कांग्रेसको जिल्ला उपसभापति पनि भएको र काममा विभिन्न ठाउँ पुगिरहनुपर्ने भएकाले व्यक्तिगत सुरक्षाका लागि पीएसओ लिएको कोइरालाले बताए । उनले मोरङको केराबारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रोहित कार्कीमाथि ४ वर्षअघि खुकुरी प्रहार गरिएको प्रसंग पनि केलाए ।

‘मेरो हजुरबुवालाई घरमै गोली हानिएको थियो । अब मेरो सुरक्षाको जिम्मा चैं कसले लिन्छ ? कसैले लिन्छ भने पीएसओ फिर्ता गर्छु,’ कोइरालाले भने ।

स्थानीय भवन मल्ल ठकुरीले पटके करको विवादलाई लिएर २०७७ साउनमा कार्कीमाथि खुकुरी प्रहार गरेका थिए । ‘रोहितलाई पनि हानेका हैनन् त ? म पनि काममा हिँडिरहनुपर्छ । कसको मनमा के छ भनेर कसरी जान्नु ? ममाथि पनि केही हुनसक्छ,’ कोइरालाले भने ।

उनले पारिवारिक प्रसंग पनि उठाए । आफ्नो हजुरबुवालाई घरमै गोली हानिएको उनको भनाइ थियो । ‘मेरो हजुरबुवालाई घरमै गोली हानिएको थियो । अब मेरो सुरक्षाको जिम्मा चैं कसले लिन्छ ? कसैले लिन्छ भने पीएसओ फिर्ता गर्छु,’ कोइरालाले भने ।

उनले पीएसओ मात्रै नभएर घरमा बन्दुक पनि राख्न खोजिरहेको बताए । ‘मैले त एउटा बन्दुक नै राखौं भनेर निवेदन दिन लागेको छु,’ उनले भने ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×