सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार १२:३१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार सुनको मूल्यले नयाँ एवं ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । बिहीबार तोलामा ३ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ६० हजार ७ सय रूपैयाँ पुगेको छ।

प्रतितोला १ लाख ६० हजार ४ सय रूपैयाँमा बुधबार कारोबार भएको थियो । यसअघि आइतबार, सोमबार र मंगलबार पनि सुनको मूल्य बढेको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । बुधबार प्रतितोला १ हजार ९ सय ५५ रूपैयाँमा चादीको कारोबार भएको थियो । बिहीबार पनि त्यही मूल्य यथाव छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.