सडक सौन्दर्यकरणका लागि एसबिआई बैंकको सहयोग

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १६, बुधबार १९:५४

विराटनगर । विराटनगर महानगरपालिकाको बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि एसबिआई बैंक कोशी प्रदेश कार्यालयले रकम प्रदान गरेको छ ।

बैंकले बुधबार महानगरका प्रमुख नागेश कोइरालालाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख रविन घिमिरे, प्रदेश उपप्रमुख अमित कोइराला र विराटनगर शाखा प्रमुख सुदीपकुमार अर्यालले प्रमुख कोइरालालाई चेक हस्तान्तरण गरेको हो ।

हालसम्म २० लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् ।

हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि महेन्द्र चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहेका पुनम दाहालले जानकारी दिनुभयो ।

५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेका छन् । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.