हर्क साम्पाङको पत्रले धरानमा विवाद, उपमेयरको पक्षमा ६ राजनीतिक दल

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ३०, बुधबार १९:०५

विराटनगर । उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर धरानका प्रमुख हर्क साम्पाङ बेलायतका लागि हिडेपछि विवाद सुरु भएको छ ।

बेलायत भ्रमणका लागि धरानबाट हिडेका साम्पाङ बिहीबार बेलायतका लागि उड्नेछन् । उनी नोभेम्बर २ तारिकमा फर्कनेछन् ।

मेयर साम्पाङले उपमेयर अइन्द्रबिक्रम बेघा पालिकामा हुँदाहुँदै वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । उनले दिएको कार्यवहाकको जिम्मेवारी कानुन विपरित भएको भन्दै ६ दलले आपत्ति जनाएका छन् । पूर्व पालिका प्रमुख तिलक राईले पनि मेयर साम्पाङको शैली गलत भएको भन्दै आलोचना गरेका छन् ।

साम्पाङले असोज २३ गते वडा अध्यक्षलाई पत्र पठाउँदै असोज २८ गतेबाट आफू बेलायतबाट नफर्कुन्जेल ५ वटा सर्त राखेर अधिकार प्रत्यायोजन गरेका थिए ।

मेयर हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएको पत्रमा दैनिक अधिकतम ५ हजार रूपैयाँमात्र आर्थिक सहयोग खर्च गर्ने, कार्यपालिका बैठक नबोलाउनेरनबसाउने, खानेपानी महसुल वृद्धि विरोधी केही समयअघि दलहरूको आन्दोलनको क्रममा फोडिएको गेट र नगरपालिकाको बोर्ड अहिले मर्मत नगर्ने, रेडबुकका कुनै योजना स्वीकृत नगर्ने, करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने, सरुवा–बढुवा नगर्ने सर्तसहित कार्यबहाक जिम्मेवारी दिएका छन् ।

उपमेयर बेघा कार्यकक्षमा रहेकै बेला वडाध्यक्षलाई कार्यवाहक दिएपछि उनको आलोचना भइरहेको छ । धरानमा नेपाली काँग्रेसबाहेकका ६ राजनीतिक दलले आपत्ति जनाएका छन् । विज्ञप्ति निकाल्दै दलहरुले मेयर साम्पाङले गलत कार्य गरेको दाबी गरेका छन् ।

कार्यवहाकको विषयमा प्रमुख साम्पाङले आफूलाई सहज हुने व्यक्तीलाई जिम्मेवारी दिएको बताएका छन् । ६ दलले निकालेको विज्ञप्तिमा भनिएको छ,‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ ९क० १२ मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकाका प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।’

आफूलाई ‘बाइपास’ गरेर वडाध्यक्षलाई कार्यवाहक दिएपछि उपमेयर अइन्द्र बिक्रम बेघाले कानुनी उपचार खोज्ने बताएका छन् । उनी अदालत जाने तयारीमा छन् ।

यसअघि झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले वडा अध्यक्षलाई कार्यवाहक दिएपछि परेको रिटमा उच्च अदालत विराटनगरले गाउँपालिका अध्यक्षको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । २०८० भदौ ५ गते उच्च अदालतले आदेशपछि गाउँपालिकाकी उपाध्यक्ष प्रमीला न्यौपानेले स्वतः कार्यवाहक पाएकी थिइन् ।

यस्तो छ कानुन

स्थानीय तह सञ्चालन ऐनले कार्यवहाकको विषयमा स्पष्ट रुपमा बोलेको छ । नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने कानुनी व्यवस्था छ ।

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.