
काठाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
त्यस्तै, आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ १९ पैसा तोकिएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा, कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।



















