न्यायालय सुधारमा ध्यान दिन्छु : प्रधानन्यायाधीश राउत

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ५, सोमबार १८:१७

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको सुधारमा नै आफ्नो ध्यान केन्द्रित रहने बताएका छन् ।

नवनियुक्त प्रधानन्यायाधीश राउतलाई ‘बधाई तथा शुभकामना’ दिन संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले न्यायालयको सुधारमा पूर्ण ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

न्यायालयप्रति जनताको जनआस्था र विश्वास फर्काउने प्रयत्न गर्ने र तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन प्रतिवेदनको प्रावधान कार्यान्वयन हुन बाँकी रहेका विषयमा पनि कार्यान्वयनका लागि आफूले ध्यान दिने पनि उनको भनाई थियो ।

प्रधानन्यायाधीश राउतले नागरिककको अभिव्यक्ति स्वतन्त्रताप्रति सचेत रही समग्र देश, जनता र संविधानको कार्यान्वयन गर्न इमान्दारपूर्वक काम गर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.