पूर्वडीआईजी छविलालको बयान सकियो

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ६, मंगलबार २१:४०

रुपन्देही । सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।

सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट रुपन्देही लगिएको थियो । बुटवलको सुप्रिम सहकारीको रकम दुरूपयोगको अनुसन्धानका लागि जोशीलाई पोखराबाट रूपन्देही लगिएको हो ।

बयानका क्रममा जोशीलाई ५७ वटा प्रश्न सोधिएको थियो । जोशीलाई अब भोलि (बुधबार) नै पोखरा फर्काउने तयारी छ ।

पोखरामा पनि सूर्यदर्शन सहकारी ठगीमा जोशी जोडिएका छन् । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि समेत सहकारी ठगीमा अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.