
काठमाडौं । सभापति रवि लामछिानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले गर्दै आएको सडक आन्दोलन स्थगित गरेको छ ।
शनिबारदेखि पोखरामा प्रदर्शन गरेको रास्वपाले आज काठमाडौंमा विरोध गरेको थियो । आजको आन्दोलनपछि प्रदर्शन स्थगित गरेको हो ।
केन्द्रीय समितिको बैठकपछि थप कार्यक्रम गर्ने रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताएका छन् ।
रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत कास्कीले थप अनुसन्धानका लागि दुई पटक समयावधि थपेको छ ।

























