हत्याका मुख्य अभियुक्त पक्राउ

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १५, बिहीबार १४:४४

बारा। बाराको महागढीमाई नगरपालिकामा भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

महागढीमाइ–१ का ५५ वर्षीय श्रीनारायणप्रसाद यादवको ५ दिनअघि हत्या भएको थियो । हत्यामा संलग्न मुख्य अभियुक्त महागढीमाइ–१ का  ६४ वर्षीय सोगाई खाँ थारूलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बताए । उनका अनुसार थारू मृतक यादवको खेत जोतखन गर्ने व्यक्ति हुन् ।

धारिलो हतियार प्रहार गरेर गत शनिबार यादवको हत्या गरिएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको हो । पुरानो रिसईबीले हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार आफूलाई खनजोत गर्न दिएको खेत २ वर्षअघि अर्कैलाई दिएपछि यादवको हत्या गरेको थारूले स्वीकार गरे्का छन् । हत्यामा प्रयोग गरिएको खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.