विराटनगरको विद्यालयमा चोरी, २ जना पक्राउ

Share this
628shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १७, शनिबार २१:००

विराटनगर । विराटनगरमा रहेको एउटा विद्यालयमा चोरी भएको छ । विराटनगर महानगरपालिका–८ देवकोटा चोकमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा शुक्रबार साँझ ७ः३० बजेतिर चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । चोरी गरेर सामान लैजाँदै गर्दा विराटनगर–८ का विजय चौधरी र विराटनगर–२ का मनिष मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।

उनका अनुसार विद्यालयको कोठाको ताला फोडेर कम्प्युटरको मनिटर २ थान, सीपीयू १ थान, प्रिन्टर १ थान र धाराको सकेट २ थान चोरी गरेको पाइएको छ । चोरीका सामान लिएर जाँदै गर्दा वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले चौधरी र मण्डलाई पक्राउ गरिएको डीएसपी जोशीले बताए ।

पक्राउ परेका दुवै जनाविरुद्ध चोरी मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यालयमा अहिले बिदा छ । चाडपर्वका बेला विद्यालय बन्द भएको मौका छोपेर चोरी गरेको पाइएको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.