पेस्तोल र नक्कली नोटसहित दुई जना भारतीय पक्राउ

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १९, सोमबार २०:१८
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१२ बाट पेस्तोल र नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।

भारत बिहार सितामढीका २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट एउटा नलकटुवा पेस्तोल, ६ राउण्ड गोली, २० हजार नक्कली नोट, अर्को पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली बरामद भएको छ ।

भारतीय भूमिबाट नेपालको मधुवनीतर्फ आउँदै गरेका दुवै जनालाई प्रहरीले हतियार र नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेकाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.