काँकडभिट्टामा पहिलो ‘रिडर्स फेस्टिबल’को तयारी

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ६, बिहीबार १७:५९

विराटनगर । झापाको काँकडभिट्टामा ‘रिडर्स फेस्टिबल’को पहिलो संस्करणको तयारी थालिएको छ । मंसिर अन्तिम साता ‘फेस्टिबल’ हुने भएको छ।

पठन संस्कृतिको विकास गर्ने हेतुले स्थापित रिडर्स अभियान नेपालले मंसिर २७, २८ र २९ मा पहिलो फेस्टिबल आयोजना गर्न लागेको हो। अभियानका अध्यक्ष सन्तोष आचार्यका अनुसार ‘फेस्टिबल’को तीन दिन विभिन्न पुस्तकका लेखक र पाठकहरुले सघन अन्तरक्रिया गर्नेछन्।

‘नेपालमा भइरहेका कला–साहित्य उत्सवहरुको अहिलेसम्मको चलन हेर्दा लेखक बढी बोल्ने, पाठकले सुन्ने हुँदै आएको देखिएको छ’, अध्यक्ष आचार्यले भने ‘हाम्रो ‘फेस्टिबल’मा लेखकभन्दा पाठकहरु बढी प्राथमिकतामा हुनेछन्।’

झापाको पूर्वी सीमा सहर काँकडभिट्टामा हुन लागेको ‘रिडर्स फेस्टिबल’मा कोशी प्रदेशदेखि नेपालका विभिन्न भागबाट लेखक तथा पाठकहरु सहभागी हुनेछन्।

‘लेखन–पठन तथा चिन्तनका विभिन्न विषयमा विमर्शहरु पनि हुनेछन् । पठन संस्कृतिको विकास र प्रवर्धनका लागि लक्षित क्षेत्र र वर्ग भनेकै विद्यार्थीहरु हुन्। उनीहरुमा सुरुदेखि नै अध्ययन संस्कृति विकास गर्न सकियो भने मात्र पठन संस्कृतिको विकास सम्भव हुन्छ,’ आचार्यले थपे ।

तीन दिने उत्सवमा परिवर्तित अध्ययन शैली र पठन संस्कृतिलाई उत्प्रेरित एवं प्रोत्साहित गर्ने गरी माध्यमिक विद्यालय तथा क्याम्पसस्तरका विद्यार्थी र खुल्ला रुपमा अनौपचारिक अध्ययनमा लागेकाहरुलाई समेटेर ‘फेस्टिबल’मा प्रतिस्प्रधात्मक प्रस्तुति हुने आचार्यले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.