
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र सांसदहरूविरूद्ध दायर अदालतको अपहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मंगलबार आदेश गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले फाइल र अन्य विवरण झिकाउन तथा प्रमाण पेस गर्न आदेश दिएको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अपहेलना निवेदनमाथि मंगलबार सुनुवाइ भएको थियो ।
यो आदेशसँगै अब रास्वपा नेताहरुविरुद्धको अपहेलना मुद्दा अघि बढेको छ। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले इजलासबाट अन्य आदेश भएको जानकारी दिए । के के विषयमा आदेश भएको हो भन्ने चैं लिखित जवाफ आएपछि यकिन हुने उनको भनाइ छ ।

























