स्थानीय तह उपनिर्वाचन : काेशीमा माओवादी केन्द्र पहिलो, एमाले तेस्रो

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार ११:३५

विराटनगर । कोशी प्रदेशका ८  स्थानमा भएको स्थानीय तहकाे उपनिर्वाचनमा माओवादी केन्द्र पहिलो भएको छ ।  नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो भएको छ । एक स्थानमा स्वतन्त्र विजयी भएका छन् ।

उपनिर्वाचन भएका ८ स्थानमा माओवादीले २०७९ को निर्वाचनमा कुनै क्षेत्र जितेको थिएन, कांग्रेसले ६ र एमालेले २ स्थानमा जितेको थियो । उपनिर्वाचनमा माओवादी केन्द्रले १ पालिका अध्यक्ष र २ वडाध्यक्ष जितेको छ । कांग्रेसले २, एमालेले २ र स्वतन्त्रले १ स्थानमा जितेको छ ।

कांग्रेसले लालिगुराँस– ८ र सुनसरीको गढी– ६ जितेको छ । कन्काई – ६ मा स्वतन्त्र विजयी भएका छन् । ताप्लेजुङको सिरिजङ्गा–३ र ओखलढुङ्गाको मोलुङ–५ एमालेले जितेको छ । माओवादी केन्द्रले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदपुरको त्रियुगा १२ र बेलका ९ को वडा अध्यक्ष जितेको छ । यी तीन वटै वडा पहिले कांग्रेसले जितेको थियो ।

कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो । परिणाम अनुसार माओवादीले ११ हजार ९०३ मत प्राप्त गरेको छ । कांग्रेसले ८ हजार ७४ र एमालेले ७ हजार ५३० मत पाएको छ । राप्रपाले ७१९ र रास्वपाले ९२९ मत ल्याएको छ ।

नेपाल एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा अनपेक्षित नजिता आएको बताउँछन् । नेपाली कांग्रेस कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझी पनि कांग्रेसले अपेक्षा गरे अनुसारको नतिजा नआएको बताउँछन् । माओवादी केन्द्र अध्यक्ष हर्क नेम्वाङ मिक्सो भने नतिजाले उत्साहित बनाएको बताउँछन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×