विराटनगरमा मोटोरोलाको तीन स्मार्टफोन सार्वजनिक

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३, बिहीबार १५:४९

विराटनगर । हाजी स्टोर विराटनगरले मोटोरोला कम्पनीको मोबाइल विराटनगरमा सार्वजनिक गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै हाजीले मोटोरोलाको  जी ४५, जी ६४ र जी ८५  माेडलका स्मार्टफाेन सार्वजनिक गरेकाे हाे ।

हाजी स्टोरका सञ्चालक खुर्सिद आलमले विराटनगरमा आधिकारिक वितरकको रुपमा मोटोरोलाको मोबाइल लन्च गरेको बताए ।

‘चौधरी ग्रुप’ले नेपालमा मोटोरोला कम्पनीको फोन भित्र्याएको थियो ।

मोटोरोलाको नयाँ जी ४५ सिरिजको मोबाइल नेपाली बजारमा २४९९९ रुपैयाँ पर्छ । जी ६५ काे ३०९९९ र जी ८५ सिरिजकाे माेबाइलकाे मुल्य ३४४९९ देखि ३७४९९ सम्म पर्नेछ ।

माेबाइल फाेनमा केहीसमयपछि किस्ताबन्दीकाे सुविधा पनि स्टाेरले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.