
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलामा ४ सय रूपैयाँले घटेको छ । यसअघि मूल्य निरन्तर बढिरहेको थियो ।
मूल्य घटेपछि सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य बुधबार १ लाख ६० हजार रुपैयाँ थियो ।
चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

























